जपानय् नेपाल संवत ११२८ या न्हुँदँ व म्हपुजा तःजिक हन।

लुम्बिनी वज्राचार्य
हिरोः, तोःक्योः, नोवेम्बर २०

नेपाःमितेगु तःधंगु नखः स्वन्ति ११२८दँया न्हूँदँया भीन्गुलसताय् नेवाः अन्तर्राष्ट्रीय फोरम जपानया ग्वसालय् भिन्तुना भोय् ज्याझ्वः आइतबार सन्ध्याइले तोःक्योया हिरोः एरियाया जाइका ग्लोःबल प्लाजा हःले तःजिक हणगु दु।

जपानया लागी न्हूम्ह नेपाःदेःदूत महामहिम डा.गणेश योन्जन मूपाहाँ जुयादीगु थ्व ज्याझ्वय् जपान नेपाल सोसाइटीका अध्यक्ष पूर्व राजदूत चूइचि इतोः, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचन, नेपाली दुतावासया प्रथम सचिव दुर्गा बहादुर सुबेदी पाहाँ जुयादीगु खः ।

More in Nepali

जपानमा नेपाल संवत ११२८ र म्हपुजा भव्यसाथ मनाइयो

लुम्बिनी वज्राचार्य
हिरोः, तोःक्योः, नोवेम्बर २०

नेपालीहरुको महानपर्व तिहार स्वन्ति र ११२८ औँ नववर्षको शुभउपलक्षमा नेवाः अन्तर्राष्ट्रीय फोरम जपान द्वारा आयोजित शुभकामना भिन्तुना भोज कार्यक्रम, आइतबार साँझ तोःक्योको हिरोः एरियाको जाइका ग्लोःबल प्लाजाको हलमा भव्यसाथ मनाइको छ ।
जपानका लागी नव नियुक्त नेपाली राजदुत महामहिम डा.गणेश योन्जन प्रमुख अतिथि रहनु भएको यस कार्यक्रममा जपान नेपाल सोसाइटीका अध्यक्ष पूर्व राजदूत चूइचि इतोः, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचन, नेपाली दुतावासका प्रथम सचिव दुर्गा बहादुर सुबेदीको अतिथि रहनु भएको थियो ।

यस नव वर्ष शुभकामना भिन्तुना कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै, राजदुत डा. योन्जनले, नेपाल भाषामा “न्हूँदँया भिन्तुना!” भन्नु हुँदै नेपालमा रहँदा नेपालमा मनाइने नव वर्षको भिन्तुना कार्यक्रमहरुमा सहभागी भएको आफ्नो अनुभवको कुरा बताउनु भएको थियो । उहाँले नेपालका संस्कृतिको उत्थान, प्रचार-पसार र संरक्षण हामी नेपाली सबैको कर्तव्य हो र जपानमा यसरी भइरहेको नेपाली संस्कृतिको प्रचार प्रसार प्रशंसनीय छ भन्नु भयो । तिहार स्वन्तिको एक महत्वपूर्ण अंग “म्हपुजा” मा सहभागी हुने भाग्यशाली चिट्ठा पर्ने १० जवानहरु मध्ये राजदुत डा.योन्जन पनी हुनुहुन्थ्यो ।

जेष्ठ नेपाली नागरीक हर्षरत्न शाक्य लगायत नेपालीहरु, नेवाः अन्तर्राष्ट्रीय फोरम जपानका सल्लाहकार कतो श्यूइचि लगायत जपानीहरु, सबैसंग पवित्र मण्डप अगाडी बस्नुभइ, आफु स्वयमको सुस्वास्थ, चिरायू र समवृद्दिको म्हपुजा गर्नु भइ उपस्थित सबैलाइ म्हपुजाको महत्व दिलाउनु भएको थियो । उहाँ सहित श्रीमति योन्जन पनि पुजामा संलग्नहुनु भई, नेपाली महिलाहरुलाइ खुसी तुल्याउनु भयो ।
शुभकामना भिन्तुना आदान, प्रदान गर्ने क्रममा, जपान नेपाल सोसाइटीका अध्यक्ष पूर्व राजदूत चूइचि इतोःले, जपानको तर्फ बाट, नव नर्ष ११२८को शुभकामना मन्तव्य दिनु हुँदै, नव राजदूत सहित सबै नेपालीहरुको सुस्वास्थ र संवृद्धिको कामना र जपान-नेपालको मैत्री सम्बन्धताको उत्तरोतर प्रगतिको कामना गर्नु भयो । यसै क्रममा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचनले “नेपाली हामी, तिमी र म भनी रहनु भन्दापनी, हामी भन्न सक्ने, नेपाली हामी सबैको उत्थान हुने यस्ता कार्यहरुमा सहकार्य गर्नुनै हामी सबैको भलो हुन्छ” भनी जपानवासी नेपालीहरुको साथै नेपाली हामी सबैको एकताको आवश्यकतामा जोड दिनु भयो ।

ओकामोतो मल्ल यूको र सुवर्ण वज्राचार्यले संचालन गरेको यसकार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै, नेवाः अन्तर्राष्ट्रीय फोरम जपानका सल्लाहकार डा. रामध्वज श्रेष्ठले, नयाँ वर्षको उपलक्षमा, तिहार स्वन्तिको साथै र म्हपुजाको महत्व प्रकाश पार्नु भएको थियो । उहाँले नयाँ राजदूतको स्वागत गर्न पाऊँदा आफु र नेवाः अन्तर्राष्ट्रीय फोरम जपानका सदस्यहरु खुसी भएको बताऊनु भयो ।

कार्यक्रमको दोश्रो चरणमा, नेपाली दुतावासका प्रथम सचिव दुर्गा बहादुर सुबेदीको प्रतिनिधित्व गर्नुहुँदै, दुतावासका एटासि हरिकुमार थापाको टोस्ट बाट नेवाः परिकार सहित भिन्तुना भोजको आरम्भ भएको थियो । प्रख्यात नेपाली बाँसुरि वादक पंच लामाले, उपस्थित सबैलाइ आफ्नो बाँसुरि वादन बाट, नाच गानमा मनमोहित गराउनु भएको थियो । कार्यक्रममा, मेःजिगाकुइन् विश्वविद्यालयका मानार्थ प्राध्यापक तोशिमरो आमा, नेपाली समाज जपानका अध्यक्ष माधव मानन्धर, गैर आवासीय नेपाली संघ जपानका अध्यक्ष राजन प्रधानांग, नेपाल जपान डटकमका प्रधान सम्पादक डा. कुमार बस्नेत, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका सदस्य किरण थापा, नेपाल जपान व्यापारिक संघका अध्यक्ष भवन भट्ट, महासचिव चिरंजीवि थापा, सितार समाजका अध्यक्ष सुष्मा ओमता, हातेमालो संघका सुकुमान थिं तामांग लगायत सयौजना जपानी तथा नेपाली महानुभावहरुको उपस्थिति थियो । यस तिहार स्वन्ति ११२८ को कार्यक्रम सभा, फोरमका अध्यक्ष कतो ज्ञाणु मानन्धरको धन्यवाद सुभाय मन्तव्य बाट विसर्जन भएको थियो।

No comments: